खण्डः १२ || कक्षा 8 को नतिजा व्यवस्थापन

क. आधारभुत तह उत्तीर्ण परीक्षा सम्बन्धी कार्य गर्नको लागि स्थानीय तहले तपसिल बमोजिमको कार्य गर्नुपर्छ।

१. परीक्षाको नतिजा व्यवस्थापनको लागि स्थानीय तहले CEHRD बाट अनुमति लिनु पर्छ। यसको लागि स्थानीय तहले यो प्रणाली प्रयोग गर्ने कर्मचारीको नाम थर, पद, सम्पर्क मोवाइल नम्बर र इमेल ठेगाना सहित उक्त प्रणाली प्रयोग गर्ने Access का लागि अनुरोध गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना व्यवस्थापन शाखा (iemis@cehrd.gov.np) मा इमेल गरी Class 8 Exam Management access लिने ।
२. स्थानीय तहको iemis ID बाट login गरेपछि Dashboard मा रहेको “manage exam” मेनुमा रहेका निम्न sub menu हरुको काम क्रमशः गर्ने।

२.१. Subject management (स्थानीय तहका विद्यालयहरुमा पढाइ हुने सम्पुर्ण विषयहरु निश्चित गर्ने )

  • यसको लागि Subject Management Menu मा click गरी Grade box मा 8 छनौट गर्ने
  • स्थानीय तहभरिका सबै प्रकारका विद्यालयहरुमा लागु गरिएका अनिवार्य वा ऐच्छिक सबै विषयहरु क्रमशः Add subject button बाट थप गर्दै जाने र प्रत्येक विषयमा रहने Theory र Practical mark पनि उल्लेख गर्दै जाने।
  • सबै विषयहरु Add गरिसकेपछि submit button मा click गर्ने ।
  • अनावश्यक विषयहरु थप भएमा हटाउनको लागि दाहिने साइडमा रहेको delete चिन्हमा click गर्ने। विषय delete हुन्छ ।
A. Grade Management (कक्षा ८ को विषयगत ग्रेड व्यवस्थापन)

यस मेनुबाट ग्रेडसिटमा रहने प्रत्येक विषयको ग्रेड अन्तराल उल्लेख गर्ने। यो पहिले नै मिलाएर राखिएको हुन्छ।फेरबदल गर्नु पर्दैन ।

B. School level Exam (स्थानीय तहका हरेक विद्यालयमा कक्षा ८ मा अध्ययन अध्यापन गरिने विषयहरुको छनोट)

यो Menu मा click गरी Grade box मा 8 छनौट गर्ने ।

यसमा स्थानीय तहमा सञ्चालित सबै प्रकारका प्रत्येक विद्यालयहरुमा कक्षा 8 मा अध्ययन अध्यापन हुने विषयहरु छनोट गरी √ चिन्ह लगाउने र submit गर्ने ।

३. Co-ordinate Menu बाट स्थानीय तहले grade sheet र certificate design गर्ने,

यसको लागि co-ordinate button click गरेर खुल्ने Certificate Box मा आबश्यकता अनुसार grade sheet र certificate छनौट गरेर खुलेको A4 साइजको पानामा IEMIS बाट generate हुने आबश्यक विवरणहरुलाइ मात्र drag गरेर राख्न, हटाउन, स्थान मिलाउन र आबश्यक Font formatting गर्न समेत सकिन्छ ।

नमुना grade sheet र certificate हेर्न View Demo मा click गर्ने।

Grade sheet वा certificate मिलाउने काम सकिएपछि save changes मा click गर्ने

नोटः अन्तिम नतिजा पश्चात वितरण गरिने ग्रेडसिट र सर्टिफिकेटको उपयुक्त hard copy design IEMIS मा मिल्दो हुनेगरि छुट्टै तयार गर्नुपर्छ ।

Coordinate मेनुबाट ग्रेडसिट र सर्टिफिकेटमा समावेश गरिएका विवरणहरु ग्रेडसिट र certificate को pdf file मा देखिन्छ र त्यसलाइ hard copy grade sheet paper वा certificate paper राखेर print गर्नुपर्नेहुन्छ।

४. कक्षा 8 का विद्यार्थीको विवरण रजिष्ट्रेसन न. वा अल्फाबेटिकल अनुसार क्रम मिलाएर मार्क update गर्न सकिन्छ ।
५. कक्षा 8 को परीक्षा सम्बन्धी विविध कार्यहरु जस्तैः विद्यार्थीहरुको प्रयोगात्मक/ सैद्धान्तिक मार्क इन्ट्रि, Class 8 को excel download र upload, Mark ledger हेर्ने मा कुन कुन कार्यमा स्थानीय तहले विद्यालयलाइ अनुमति दिने हो । सो कुरा निश्चित गर्नुपर्छ । यसका लागि
  • Permission मेनुमा click गर्ने
  • Grade box मा ८ choose गर्ने
  • त्यसपछि Upload Practical Marks (प्रयोगात्मक अंक अपलोड गर्ने )
  • Upload theory marks (सैद्धान्तिक अंक अपलोड गर्ने)
  • View grade viii ledger (कक्षा 8 को ग्रेड लेजर हेर्ने)
  • Grade 8 excel upload (कक्षा 8 को excel upload गर्ने)
  • Grade 8 excel download (कक्षा 8 को excel download गर्ने)

माथि उल्लेखित कार्य विवरणमध्ये कुन कुन कार्यमा विद्यालयलाइ अनुमति दिने हो सो मा रेजा लगाइदिने । यस्तो अनुमति परीक्षा सम्बन्धी कार्य सम्पन्न भएपश्चात रेजा हटाएर रद्द गर्न पनि सकिन्छ ।

सामान्यतया practical marks entry र नतिजा प्रकाशन पश्चात view mark ledger को अनुमति दिने गरिन्छ।

६. यति कार्य सम्पन्न गरेपछि स्थानीय तहले विद्यार्थीहरुको mark विवरण इन्ट्री गर्नुपर्छ।यसको लागि स्थानीय तहको id बाट login गरेर
  • Dashboard मा रहेको School menu मा click गर्ने
  • Excel download मा click गर्ने
  • Grade 8 file को “download” button मा click गरेर template download गरेर त्यसमा mark entry गर्ने
७. Mark Entry पश्चात template upload गर्न स्थानीय तहको id बाट login गरेर
  • Dashboard मा रहेको School मा click गर्ने
  • View school मा click गर्ने, विद्यालयहरुको सुची देखापर्छ ।
  • दाहिने पट्टिमा रहेको edit button मा click गर्ने र update मा click गर्दा अर्को पाना खुल्छ ।त्यसमा school box मा विद्यालयको छनोट गर्ने र type मा grade 8 सेलेक्ट गर्ने अनि “click or drag file to this area to upload” भनेर लेखिएको ठाउँमा कक्षा ८ को template file drag गर्ने वा select गर्ने
  • Upload मा click गर्ने।mark upload हुन्छ ।
८. मार्क अपलोड गरिसकेपछी कक्षा ८ को सबै विवरण एकपटक चेकजाँच गर्न आबश्यक छ ।त्यसको लागी
  • Dashboard मा grade VIII report मा click गर्ने
  • यसबाट स्थानीय तहका सबै वा तोकिएको विद्यालयको मात्र पनि कक्षा ८ को gradewise report, Aggregate report, Average report, Student level report र NG(Not Graded) सम्बन्धी सुचना प्राप्त गर्न सकिन्छ ।

९. नतिजा प्रकाशनको लागि स्थानिय तहले dashboard को school level marks बाट view ledger बाट हेर्न सकिन्छ ।

स्थानीय तहले नतिजा हेर्ने प्रयोजनको लागि केही समय विद्यालयलाइ पनि permission menu बाट view ledger मा रेजा लगाइदिएर अनुमति दिन सकिन्छ ।

No comments:

Post a Comment

Popular Posts