२.३ विद्यार्थीले पढ्दै गरेको कक्षाको विवरण प्रविष्ट गर्ने तरिका (Class Update)
अघिल्लो शैक्षिक सत्रमा कक्षा १ पढेको विद्यार्थी यो शैक्षिक सत्रमा सोही बिद्यालयमा उतीर्ण पश्चात कक्षा २ मा जानु भनेको IEMIS को सन्दर्भमा Passed हो l कक्षा उतीर्ण नभई सोही कक्षामा दोहोर्याएर बस्ने भनेको Repeated हो l कुनै कक्षाबाट एकैपटक २ वटा कक्षा माथि लगिएको छ भने त्यो Double Promoted हो l बिद्यालय नै नआउने गरी बिद्यालय छोड्ने विद्यार्थी भनेको Failed and Dropped out हो l बिद्यालय छोडेर अन्त बिद्यालय गएको विद्यार्थी भनेको Passed and Transferred हो l
विद्यार्थीको कक्षाको विवरण प्रविष्ट गर्न सबैभन्दा पहिले Student मा Update मा जानुपर्छ, Class मा जानुपर्छ र जुन कक्षाको विवरण अध्यावधिक गर्ने हो सोही अनुसार कक्षा र वर्ष सेलेक्ट गरेर Update मा क्लिक गर्नुपर्छ l यसरी विवरण अध्यावधिक गर्दा:
- एकचोटीमा २५ जना विद्यार्थीको संख्या देखिन्छ l यो भन्दा बढी विद्यार्थी भएको बिद्यालयले २५ जना पछि फेरी अर्को लिस्ट निकाल्दै विवरण प्रविष्ट गर्दै अघि बढ्नुपर्छ l
- बालविकास केन्द्रमा यदि Nursery/LKG/UKG छ भने सो खालका विद्यार्थीको कक्षा अध्यावधिक गर्दा यदि कक्षा १ मा गएको हो भने कक्षा १, यदि Nursery/LKG/UKG मा नै रहेको हो भने ECD Repeated भनेर विवरण अध्यावधिक गर्नुपर्छ l
२.४ नयाँ भर्ना भएका विद्यार्थीको विवरण प्रविष्ट गर्ने तरिका (Add)
विद्यार्थीको विवरण अध्यावधिक पश्चात नयाँ भर्ना भएका विद्यार्थीको विवरण इन्ट्री गर्नुपर्छ l नयाँ भर्ना भएका विद्यार्थीको विवरण इन्ट्री गर्नुपूर्व एक्सेलको फायलमा कुन साल राखिएको छ, त्यो हेर्नुपर्छ l शैक्षिक सत्र २०७९ को नयाँ विद्यार्थीको विवरण इन्ट्री गर्नुपरे एक्सेलमा २०७९ भएको हुनुपर्छ l यदि छैन भने Set Year मा क्लिक गरी २०७९ गर्नुपर्छ, अनि मात्र नयाँ विद्यार्थीको विवरण प्रविष्ट गर्नुपर्छ l
नोट : Show Report को बारेमा
विद्यार्थीको विवरण अध्यावधिक गरेपश्चात वा नयाँ विद्यार्थीको विवरण प्रविष्ट गरेपश्चात जहिले पनि शुरुको पन्नामा भएको Show Report मा क्लिक गर्नुपर्छ l यसो गरेपछि विद्यार्थी संख्या कति रहेछ भनेर प्रस्टसँग देखिन्छ l
नयाँ विद्यार्थीको विवरण प्रविष्ट गर्दा तल देखाएको जस्तो फारम देखिन्छ, जसमा
- First, Middle Name मा विद्यार्थीको पहिलो र बीचको नाम (भएमा) राख्नुहोस l
- Last Name मा विद्यार्थीको थरलाई प्रस्टसँग लेख्नुहोस l
- Grade मा हाल भर्ना भएको कक्षा छनौट गरी राख्नुहोस ।
- ECD Type मा भर्ना हुन आएको विद्यार्थीले बिद्यालयमा आधारित वा समुदायमा आधारित कुन किसिमको बालविकास केन्द्रमा अध्ययन गरेको हो सो एकीन गरी उपयुक्त विकल्प छनौट गरी राख्नुपर्छ । यदि बिद्यालयमा Nursery/LKG/UKG छ भने पनि त्यो विद्यार्थीको विवरण प्रविष्ट गर्दा विद्यालयमा आधारित (School Based) र सो विद्यार्थी अन्य समुदायमा आधारित (Community Based) बालविकास केन्द्रमा अध्ययन गरी भर्ना हुन आएको भए सोही अनुसार छनौट गरी राख्नुपर्छ ।
- Registration No. कुनै विद्यालयमा भर्ना भइ एकपटक विद्यार्थीको विवरण प्रविष्ट भइ सकेपछि उक्त विद्यार्थीको रजिष्ट्रेशन Create हुन्छ । यसरी रजिष्ट्रेशन Create भइसकेको विद्यार्थी अर्को विद्यालयमा भर्ना हुन आएमा अगाडि अध्ययन गरेको विद्यालयबाट रजिष्ट्रेशन ल्याउनु पर्छ र नयाँ विद्यालयले उक्त रजिष्ट्रेशन नं लाई Registration No. भन्ने फिल्डमा भर्नुपर्छ । विद्यार्थी अर्को विद्यालयमा जाँदा सो रजिष्ट्रेशन नं. अनिवार्य रुपले लैजानुपर्छ र विद्यालयले पनि लब्धाङ्क पत्र/प्रमाणपत्रमा उक्त रजिष्ट्रेशन नं. अनिवार्य रुपमा उल्लेख गर्नुपर्छ ।
- Disability मा विद्यार्थीमा कुनै प्रकारको अपाङ्गता भए सोही अनुसार अपाङ्गताको प्रकार छनौट गरी राख्नुपर्छ । विद्यार्थीमा कुनै प्रकारको अपाङ्गता नभएमा N/A छनौट गरी राख्नुपर्छ ।
- Mother tongue; यसमा विद्यार्थीले बोल्ने मातृभाषा (घरमा बोल्ने भाषा) छनौट गरी राख्नुपर्छ ।
- Subject कक्षा ११ र १२ मा विद्यार्थीले अध्ययन गर्ने ऐच्छिक विषय छनौट गरी राख्नुपर्छ ।
- Gender मा महिला, पुरुष वा अन्य मध्ये उपयुक्त लिङ्गमा रेजा लगाउनुपर्छ ।
- Caste/Ethnicity मा दलित, जनजाति, ब्राम्ह्णण/क्षेत्री र अन्य कुन समुह हो अनुसार छनौट गरी राख्नुपर्छ
- ECD/PPC experience भर्ना हुन आएको विद्यार्थीले बाल विकास केन्द्रको अनुभव लिएर आएको हो भने सोही अनुसार मा रेजा लगाउनुपर्छ l
- Schooling Source मा विद्यार्थी कुनै वैकल्पिक शैक्षिक कार्यक्रमबाट विद्यालयमा प्रवेश गरेको हो भने सोही अनुसार छनौट गरी राख्ने । जस्तैः अनौपचारिक प्राथमिक शिक्षा कार्यक्रम (Flexible Schooling Program- FSP) वा प्राथमिक शिक्षा विस्तार कार्यक्रम (School Outreach Program- SOP) मध्ये कुनै बैकल्पिक शिक्षा प्राप्त गरी विद्यालयमा भर्ना हुन आएको हो भने सो अनुसार छनौट गरी राख्ने । यदि होइन भने N/A छनौट गरी राख्ने ।
- Father’s Name भर्ना हुन आएको विद्यार्थीको बाबुको पुरा नाम प्रविष्ट गर्नुपर्छ ।
- Mother’s Name भर्ना हुन आएको विद्यार्थीको आमाको पुरा नाम प्रविष्ट गर्नुपर्छ
- Date of Birth (BS) विद्यार्थीको जन्म दर्ता अनुसारको जन्ममिति साल, महिना र गते विक्रम सम्बतमा प्रविष्ट गर्नुपर्छ ।
- Scholarship मा यसभन्दा अगाडि उक्त विद्यार्थीले प्राप्त गरेको छात्रबृत्ति छनौट गरी राख्नुपर्छ ।
- Contact No. मा अभिभावकको सम्पर्क मोवाइल नम्वर प्रविष्ट गर्नुपर्छ ।
नोट: Alphabetically sort गर्ने बारेमा l
विद्यार्थीको विवरण अध्यावधिक गर्दा विवरणलाई कि त alphabetically निकाल्न सकिन्छ कि त registration id बाट निकाल्न सकिन्छ l कम्प्युटरमा यदि dotnet framework भन्ने software हालेको छैन भने विवरण अध्यावधिक गर्दा र alphabetically sort गर्दा error देखिन्छ l त्यो समस्या समाधान गर्न:
- कम्प्युटरको देब्रेभागको कुनामा रहेको start button क्लिक गर्नुपर्छ l
- त्यहाँ गएर Turn Windows भनेर search गर्नुपर्छ र turn windows features on or off मा क्लिक गर्नुपर्छ l
- Net Framework 3.5 (includes .Net 2.0 and 3.0) मा रेजा लगाई Ok गर्नुपर्छ l
- Let windows download ….. मा क्लिक गरेर next गर्दै जानुपर्छ l
- चाहिने सबै फायल Install भैसकेपछि कम्प्युटर Restart गर्नुपर्छ l यति गरेपछि एक्सेलमा भएको alphabetically sort को प्रयोग गर्न सकिन्छ l
No comments:
Post a Comment