२.५ विद्यार्थीको विवरण सच्याउने (Edit) तरिका
अध्यावधिक गरेको विवरण वा नयाँ इन्ट्री गरेको विवरणमा केही मिलाउनु परेमा Students मा भएको Edit भन्ने button बाट विवरण मिलाउन सकिन्छ l यसरी विवरण मिलाउदा २ वटा कुरामा ध्यान दिनुपर्छ l
२.६ व्यक्तिगत विवरण सच्याउने (Edit Personal Details)
विद्यार्थीको नाम मिलाउन परेमा वा अन्य केही विवरण मिलाउन परेमा edit personal details मा जानुपर्छ र सोही अनुसार कक्षा सेलेक्ट गरेर कुन विद्यार्थीको विवरण मिलाउने हो त्यो विद्यार्थीको विवरण मिलाउन सकिन्छ l
- यसरी विवरण मिलाउदा एक्सेलमा भएको बर्ष सुनिश्चित गरेर मात्र विवरण मिलाउनुपर्छ l
२.७ कक्षा सच्याउने/मिलाउने (Edit Class Details)
कक्षा १ मा भएको विद्यार्थीलाई पास गरेर कक्षा २ मा लैजानुपर्ने तर गल्तिले कक्षा १ मै दोहोर्यायो भनेर विवरण अध्यावधिक गरिएको खण्डमा edit class details बाट विवरण मिलाउन सकिन्छ l यसका लागि edit class details मा जानुपर्छ र सोही अनुसार कक्षा सेलेक्ट गरेर कुन विद्यार्थीको विवरण मिलाउने हो त्यो विद्यार्थीको edit गरेर कक्षागत विवरण मिलाउन सकिन्छ l
- यसरी विवरण मिलाउदा एक्सेलमा भएको बर्ष सुनिश्चित गरेर मात्र विवरण मिलाउनुपर्छ l
- पहिलो चोटी भरेको विद्यार्थीको कक्षागत विवरण मिलाउदा ecd/ppc, class1, class2, आदि देखिन्छ l पहिलो बर्ष भरेको विद्यार्थीको कक्षा जे जस्तो गरेर मिलाए पनि हुन्छ, यसैले त्यस्ता खालका विद्यार्थीको विवरण edit गर्दा ecd/ppc, class1, class2, आदि देखिएको हो l
- पहिलो चोटी नभई अघिल्लो बर्ष देखिको विद्यार्थी विवरण छ भने कक्षागत विवरण मिलाउदा passed, repeated, double promoted आदि देखिन्छ ! पुरानो विद्यार्थीको विवरण मिलाउँदा अघिल्लो वर्षको कक्षाले निर्देश गर्ने हुँदा यस्ता खाले विद्यार्थीको विवरण मिलाउदा passed, repeated, double promoted आदि देखिएको हो l
No comments:
Post a Comment