खण्ड ७ || आपतकालमा शिक्षा (Education in Emergency-EiE)

आपतकालमा शिक्षा (Education in Emergency-EiE)

विपत जुनसुकै समयमा पनि आउनसक्छ l यस्तो अवस्थामा बिद्यालयले आफ्नो एक्सेलमा भएको EIE मार्फत विपतमा भएको क्षतिलगायतका विवरणहरु भर्ने र सोही अनुसार अपलोड गर्नुपर्दछ l विपतले गरेको मानवीय तथा भौतिक क्षति तथा विपतको समयमा विद्यार्थीको सिकाइ सहजीकरणका लागि विद्यालयले गरेको प्रयत्न सम्बन्धी विवरण EIE बटनमा अध्यावधिक गर्ने र अपलोड गर्ने कार्य गर्नेपर्छ l विद्यालयले कुनै पनि समयमा विपत आइपरी मानवीय तथा भौतिक क्षति भएको वा नियमित पठनपाठन हुने अवस्था नभई वैकल्पिक माध्यमबाट विद्यार्थीहरुको सिकाइ सहजीकरणका लागि गरिएका कार्यहरुको विवरण तत्काल अद्यावधिक गरी अनलाइनमा अपलोड गर्नुपर्दछ । यसरी घटना घट्ना साथ विवरण अद्यावधिक गर्दा स्थानीय तह, प्रदेश र संघीय तहबाट तत्काल सहयोगको योजना, बजेट तथा कार्यक्रमको व्यवस्था गर्न सहज हुन्छ ।

EiE भन्ने बटन क्लिक गरेपछि EiE Type आउँदछ जसमा कोभिड १९, भुकम्प, आगलागी/हुरी र बाढीपहिरोसँग सम्बन्धित विवरणहरु भर्नसक्नुहुन्छ । EiE Type को जुनसुकै बटनमा क्लिक गरेपश्चात आवस्यक र सम्बन्धित जानकारीहरु भर्नुपर्छ |

७.१ विद्यार्थी, शिक्षक र कर्मचारी विवरण (Students, teachers and staff details)

विपतले प्रत्यक्ष असर पारेको विद्यार्थी, शिक्षक र कर्मचारीको विवरणलाई छात्रा/छात्र, महिला/पुरुष, तेस्रो लिङ्गी र अपाङ्गताको रुपमा Affected मा भर्नुपर्छ । विपतले मृत्युवरण गरेको सङ्ख्यालाई Death मा भर्नुपर्छ । कोभिड १९ को खोप लगाएका शिक्षक सङ्ख्यालाई 1 dose र 2 Dose मा भर्नुपर्छ ।

७.२ पूर्वाधार विवरण (Infrastructure Details)

विपतबाट पूर्ण र आशिंक क्षति भएको भवन, कक्षाकोठा, शौचालय, खानेपानी, श्रोतकक्षा, पर्खाल, खेलमैदान र अस्थाई सिकाई केन्द्रको विवरण भर्नुपर्छ । क्षति नभएको विवरण भने No Damage भन्ने महलमा भर्नुपर्छ ।

७.३ श्रोत कक्षा विवरण (Resource Class Details)

विभिन्न प्रकारका अपांगता भएका विद्यार्थीलाई नेपाल सरकारले तोकेअनुसारको कक्षाको ब्यबस्थापन गरिएको हुन्छ जसलाई स्रोत कक्षा भन्ने गरिन्छ l यदि विद्यालयमा स्रोत कक्षा सञ्चालन भएको छ भने Yes भनेर भर्नुपर्छ । स्वयंसेवकले स्रोत कक्षामा विद्यार्थीलाई पठनपाठनमा सहयोग गरेको छ भने त्यस्तो सहयोग प्राप्त गर्ने विद्यार्थी सङ्ख्यालाई Students supported by volunteers मा भर्नुपर्छ । विद्यालयमा भएको सामग्रीहरु प्रयोग गरेर विद्यार्थीलाई पठनपाठनमा सहयोग गरिएको छ भने त्यस्तो सहयोग प्राप्त गर्ने विद्यार्थी संख्यालाई Students supported by available tools मा भर्नुपर्छ ।

७.४ अतिरिक्त सामग्रीको आवश्यकता (Requirement of additional materials)

विपतपश्चात विद्यालयमा अतिरिक्त सामग्रीहरुको आवश्यकता परेको हो भने सोही जानकारी तहगत रुपमा दिनुपर्छ । विपतपश्चात विद्यालय खोलेको हो भने School Open Status मा Yes गर्नुपर्छ । विद्यालय खोलेको हो र स्वास्थ्य मापदण्ड पुरा गरेको हो भने Yes गर्नुपर्छ ।
७.५ वैकल्पिक विधिको प्रकार (Types of alternative modalities) विपतको अवस्थामा वैकल्पिक शिक्षण सिकाइका के कस्ता विधिहरुमार्फत विद्यार्थीहरु माझ पठनपाठन गरियो र गराइयो भन्ने जानकारी EIE मा भएको दोस्रो पन्नामा भर्नुपर्छ l यो विवरणलाई कक्षागत रुपमा भर्नुपर्छ l सबैभन्दा अन्तिममा भएको disability भन्ने महलमा सो विधिमार्फत अपांगता भएका कति विद्यार्थीहरुमाझ पुग्न सकियो, सो संख्या भर्नुपर्छ |

No comments:

Post a Comment

Popular Posts