खण्ड ९ || Importer - IEMIS

Importer

एक्सेलमा समयसापेक्ष कुनै विवरण थपघट गर्नु परेमा वा केही सुधार गर्नु परेमा हरेक बिद्यालयले इमिस कन्भर्टर (Importer) बाट एक्सेललाई नयाँ बनाउन सकिन्छ l यसका लागी बिद्यालयले https://iemis.cehrd.gov.np मा बिद्यालय कोड र आफ्नो पासवोर्ड राखी Log in गर्नुपर्छ र EMIS Converter मा क्लिक गरी एउटा एक्सेल download गर्नुपर्छ l

९.१ Importer को प्रयोग विधि

  •  विद्यालयले https://iemis.cehrd.gov.np मा गई आफ्नो बिद्यालयको कोड र पासवोर्ड राखी Importer download गर्नुपर्छ |


  • Download गरेको फायलको नाम जहिले पनि चित्रमा गोलो घेराभित्र देखाईए अनुसार Importer नै हुनुपर्छ l यो नाम फरक भयो भने यो Importer ले काम गर्दैन |
  • कम्प्युटरको कुनै Drive वा सजिलोको लागि डेस्कटप मा एउटा Folder बनाउनुस, यस Folder को नाम अंग्रेजीमा राख्नुस र त्यही Folder मा Importer राखी दिनुहोस l सोही फोल्डरमा आफ्नो एक्सेल पनि राखिदिनुहोस l यसो गर्दा काम गर्न सहज हुन्छ |
  • फोल्डरमा रहेको विद्यालयको Importer File खोल्नुहोस, Macro enable गर्नुस, इम्पोर्टमा क्लिक गर्नुस, एउटा pop-up window खुल्छ, आफ्नो पुरानो एक्सेल सेलेक्ट गरेर ओपन गर्नुहोस |
  • यति गरेपछि सो फोल्डर भित्र एउटा अर्को फोल्डर बन्छ, जसको नाम New Imported File हुन्छ | सो फोल्डर भित्र नयाँ एक्सेल तयारी अवस्थामा रहन्छ |

९.२ Importer प्रयोग गर्दा ध्यान दिनुपर्ने बिषयहरु

  • इम्पोर्टरलाई एक पटक भन्दा वढी Download गरेमा Importer(2), Importer (3) हुँदै जान्छ । यस्तो अवस्थामा फायल Rename गरी पछाडीको ब्राकेटमा भएको अङ्क (2) वा (3) हटाउनुपर्छ । यसो गरिएन भने इम्पोर्टरले काम गर्दैन l इम्पोर्ट गर्न खोजेको एक्सेलको नाम जहिले पनि बिद्यालयको ९ अंकको कोड, त्यसपछि – र त्यसपछि बिद्यालयको नाम भएको हुनुपर्छ l उदाहरणको लागि 010010000-abc school भएको एक्सेल छ भने इम्पोर्टरले इम्पोर्ट गर्न सक्छ, नत्र सक्दैन l

No comments:

Post a Comment

Popular Posts