४. भौतिक (Physical)
बिद्यालयमा भएका पूर्वाधारलगायत अन्य सबै जानकारीहरु एक्सेलमा भएको Physical मा भर्नुपर्छ । सामुदायिक बिद्यालय, संस्थागत बिद्यालय र धार्मिक प्रकृतिका हरेक बिद्यालयले यो विवरण भर्नुपर्छ । बिद्यालयमा हुने शौचालय, खानेपानी, युरिनल, खेलमैदान आदि जस्ता विवरणसँग शिक्षाका विविध सूचकहरु जोडिएको हुँदा यी विवरणहरु भर्नु अत्यावश्यक छ । अतः
- भौतिक विवरण प्रविष्ट गर्दा होस् वा अध्यावधिक गर्दा, एक्सेलको अगाडि भएको बर्षलाई ध्यान दिनुहोस् l २०७९ को विवरण अध्यावधिक गर्नुपर्ने तर २०७८ भनेर सेट भएको छ भने त्यो अध्यावधिक गरेको विवरण २०७९ मा देखिदैन ।
४.१ संघीय स्रोत निकासा (Government fund distribution in trimester)
- यो विवरण सामुदायिक बिद्यालयले मात्र भर्नुपर्छ ।
- सामुदायिक बिद्यालयमा स्थानीय तहबाट विभिन्न शिर्षकमा निकासाहरु हुने गर्छन् l यसर्थ, विद्यालयले प्राप्त गरेको अनुदान पहिलो त्रैमासिकको कुन कुन महिना र दोस्रो त्रैमासिकको कुन कुन महिनामा निकासा भएको हो सोही अनुसार रेजा लगाउनुपर्छ ।
४.२ बाह्य अनुगमन (External Monitoring Status)
- स्थानीय सरकार (Local Government), प्रदेश सरकार (Province Government), शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (Ministry of Education, Science and Technology- MoEST)/ शिक्षा तथा मानव स्रोत विकास केन्द्र (Center for Education and Human Resource Development- CEHRD), शिक्षा विकास तथा समन्वय इकाइ (Education Development and Coordination Unit-EDCU) र विज्ञ समूह (Expert Group) बाट कतिपटक अनुगमन भयो त्यो संख्या भर्नुहोस ।
४.३ शौचालयको अवस्था (Toilet Status)
- बिद्यालयमा भएको शौचालय संख्या (No. of Toilets), छात्राको लागि भएको शौचालय संख्या (No. of Toilet for Girls), शिक्षक (No. of Toilets for Teachers) हरुका लागि व्यवस्था गरिएको शौचालय संख्या र विद्यालयमा भएको पानी सहितको शौचालय संख्या (No. of Toilet with water facilities) कति कति संख्यामा छ? उपर्युक्त महलमा भर्नुहोस् ।
४.४ बिजुली बत्ती, कम्प्युटर र इन्टरनेट (Electricity, Computer and Internet)
- Status: विद्यालयमा बिजुली बत्ती भएमा रेजा लगाउनुहोस्, छैन भने नलगाउनुहोस् ।
- Total Computers: विद्यालयमा भएको जम्मा कम्प्युटर संख्या उल्लेख गर्नुहोस ।
- Computers teaching: विद्यालयमा भएका जम्मा कम्प्यूटर मध्ये शिक्षण सिकाई क्रियाकलापमा प्रयोग भएको कम्प्युटर संख्या उल्लेख गर्नुहोस ।
- Computers for Administrative/Others: प्रशासनिक कार्यमा प्रयोग भएको कम्प्युटर संख्यालाई उपर्युक्त महलमा भर्नुहोस् ।
- Internet: विद्यालयमा इन्टरनेट भए status मा रेजा लगाउनुहोस्, छैन भने नलगाउनुहोस् l
४.५ विद्यालय सुधार योजना (School Improvement Plan)
- विद्यालयले पहिलो पटक विद्यालय सुधार योजना बनाएको हो भने सो मिति राख्नुहोस्, पहिलो पटक नभई अद्यावधिक गर्दै आएको हो भने अद्यावधिक गरिएको अन्तिम मिति राख्नुहोस् ।
४.६ सामाजिक परीक्षण (Social Audit)
- विद्यालयले हरेक वर्ष सामाजिक लेखापरीक्षण गरेको हुनुपर्छ । यसमा विद्यालयले सामाजिक परीक्षण गरेको अन्तिम मिति भर्नुहोस् ।
४.७ आर्थिक लेखापरीक्षण (Financial Audit)
- विद्यालयले हरेक वर्ष आर्थिक लेखापरीक्षण गरेको हुनुपर्छ । यसमा आर्थिक लेखापरीक्षण गरेको अन्तिम मिति भर्नुहोस् ।
४.८ बिद्यालय ब्यबस्थापन समितिको बैठक संख्या (SMC Meeting Status)
- विद्यालय व्यवस्थापन समितिको बैठक वर्षमा कति दिन बस्यो त्यो सङ्ख्या उल्लेख गर्नुहोस् ।
४.९ खानेपानीको स्रोत (Water Source Status)
- विद्यालयमा भएको खानेपानीको स्रोतको रुपमा धारा भए Tap, ट्युवेल भए Tube well, इनार भए Well भर्नुहोस् । यी बाहेक अन्य पानीको स्रोत भएमा Others र पानीको व्यवस्था नभएमा None छनौट गर्नुहोस् ।
४.१० पिसाब फेर्ने स्थान (Urinal Status)
- शिक्षकका लागि पिसाव फर्ने छुट्टै स्थानको व्यवस्था भएमा Urinal for Teacher मा रेजा लगाउनुहोस् l छात्र वा पुरुषहरुका लागि पिसाब फेर्ने अलग्गै व्यवस्था भए Urinal for Boys मा रेजा लगाउनुहोस् । छैन भने रेजा नलगाउनुहोस् ।
- पुरुष शिक्षकलाई मात्र छुट्टै पिसाब फेर्ने व्यवस्था छ र विद्यार्थीको लागि छैन भने सोही अनुसार रेजा लगाउनुहोस् l
४.११ बिद्यालय भवनको व्यवस्था (Building Status)
- विद्यालयमा भएको भवन सङ्ख्यालाई total मा भर्नुहोस् l सो सङ्ख्यामध्ये पक्की भवन सङ्ख्यालाई Pakki मा र कच्ची भवन सङ्ख्यालाई Kachhi मा राख्नुहोस् ।कच्चि र पक्की भवन जोड्दा जम्मा (Total)सँग बराबर हुनुपर्छ ।
४.१२ पुस्तकालयमा भएको पुस्तक संख्या (Approximate Books)
- विद्यालयमा भएको पुस्तकालयमा रहेका पुस्तक संख्यालाई Approximate Books (अनुमानित पुस्तक) मा भर्नुहोस् ।
४.१३ बिद्यालय प्रवलीकरण (Retrofitting Status)
- बाढी, पहिरो वा भूकम्पबाट विद्यालयमा क्षति नहोस् भन्नका लागि विद्यालयमा बाहिर र भित्रबाट पिलार राखी भवनलाई बलियो बनाउने काम गरिन्छ जसलाई भवन प्रवलीकरण भनिन्छ । विद्यालयमा सो गरिएको छ भने प्रवलीकरण गरिएको भवन सङ्ख्या लेख्नुहोस् ।
४.१४ बिद्यालय भवनमर्मत (Rehabilitation Status)
- भत्केको भवनलाई मर्मत गरिएको छ भने सोको सङ्ख्या उल्लेख गर्नुहोस् ।
४.१५ खेलमैदान (Playground Status)
- छात्राछात्रलाई खेल्न, बस्न वा खेलकूद लागि खेलमैदान भए Playground available मा रेजा लगाउनुहोस् । सो खेलमैदान पर्याप्त भए Enough Space मा रेजा लगाउनुहोस, पर्याप्त नभए रेजा नलगाउनुहोस् ।
४.१६ घेराबार (Compound Status)
- विद्यालयको घेराबार कच्ची छ भने Kachhi, पक्की छ भने Pakki, तारबार गरिएको छ भने Compound with wire, स्थानीय सामग्रीहरुको प्रयोग गरी बनाइएको छ भने Compound with local materials, कुनै सानासाना विरुवा लगाएर घेराबार गरिएको छ भने Compound with herbs, यी बाहेक अन्य प्रकारले घेराबार गरिएको छ भने Compound with other materials भन्ने Option छनौट गर्नुहोस् ।
४.१७ बिद्यालयको जग्गा (School Land Status)
- विद्यालयको आफनो नाममा भएको जग्गाको अवस्था के छ सोको जानकारी दिनुहोस् । सो जानकारी दिदा विगाहा, कठ्ठा र धुरमा वा रोपनी, आना, पैसा र दाममा उल्लेख गर्नुहोस् ।
४.१८ कक्षाकोठा (Classroom Status)
- कक्षागत रुपमा प्रयोग भएका कक्षाकोठा संख्या उल्लेख गर्नुहोस्र l ती कोठामध्ये पक्कीकोठाको संख्या राख्नुहोस् । HT मा प्रधानाध्यापकको लागि छुट्टै कोठाको व्यवस्था भए सो उल्लेख गर्नुहोस् । Computer Room मा कम्प्यूटरका लागि छुट्टै कोठाको व्यवस्था, Staff मा कर्मचारी बस्ने छुट्टै कोठाको व्यवस्था, Store मा स्टोर प्रयोजनको लागि छुट्टै कोठाको व्यवस्था, Sports मा खेलकुद प्रयोजनको लागि छुट्टै कोठाको व्यवस्था, Library मा पुस्तकालयको लागि छुट्टै कोठाको व्यवस्था, Science Lab Room मा विज्ञान प्रयोगशालाको लागि छुट्टै कोठाको व्यवस्था र Unused Room मा प्रयोगमा नआएको कोठाको सङ्ख्या उल्लेख गर्नुहोस् ।
४.१९ संघीय अनुदान (Grant Amount Received)
- विद्यालयमा भएको बालविकास केन्द्र, आधारभूत १–५, आधारभूत ६–८, माध्यामिक ९–१० र माध्यामिक ११–१२ का लागि गत शैक्षिक सत्रमा प्राप्त भएको पाठ्यपुस्तक, छात्रवृत्ति, प्रति विद्यार्थी लागत अनुदान, निरन्तर मूल्याङ्कन प्रणालीका लागि अनुदान र विद्यालय सञ्चालन अनुदानको विवरण भर्नुहोस् । Books भन्नाले पाठ्यपुस्तकका लागि प्राप्त भएको रकम, Scholarship भन्नाले छात्रवृत्तिका लागि प्राप्त भएको रकम, PCF भन्नाले प्रति विद्यार्थी लागत अनुदान, CAS भनेर निरन्तर मूल्याङ्कन प्रणालीका लागि अनुदान र School Operational Grants भन्नाले विद्यालय सञ्चालन अनुदान भनेर बुझ्नुपर्छ ।
- यो विवरण संस्थागत विद्यालयले भर्नुपर्दैन ।
४.२० पाठ्यपुस्तक, पाठ्यक्रम र अन्य सामग्रीहरू (Textbooks, Curriculum, and other materials)
- विद्यालयमा भएको बालविकास केन्द्र, आधारभूत १–५, आधारभूत ६–८, माध्यामिक ९–१० र माध्यामिक ११–१२ मा भएको पाठ्यपुस्तक, शिक्षक गाइड, बालसामग्री, स्थानीय पाठ्यक्रम र सन्दर्भ सामग्रीको सङ्ख्या उल्लेख गर्नुहोस् । Textbooks भन्ने महलमा पाठ्यपुस्तक सङ्ख्या,Teacher’s Guide भन्ने महलमा शिक्षकहरुले प्रयोग गर्ने निर्देशिका सङ्ख्या, Child material भन्ने महलमा बालसामग्री सङ्ख्या र Book Corner भन्ने महलमा बुक कर्नरको सङ्ख्या, उल्लेख गर्नुहोस् । Availability of Curriculum भन्ने महलमा विद्यालयमा यदि पाठ्यक्रम छ भने सोही अनुसार रेजा लगाउनुहोस् । Local Curriculum भन्ने महलमा स्थानीय पाठ्यक्रम सङ्ख्या र Reference materials भन्ने महलमा सन्दर्भ सामग्री सङ्ख्या उल्लेख गर्नुहोस् ।
४.२१ नयाँ निर्माण वा मर्मतसम्भार (New Construction and Rehabilitation)
- गत शैक्षिक सत्रमा नयाँ भवन निर्माण (New building), भवन पुर्ननिर्माण (Building Rehabilitation), नयाँ कक्षाकोठा (New Classroom) निर्माण, पुर्ननिर्माण गरिएका कक्षाकोठा (Classroom Rehabilitation), शौचालय (Toilet), छात्राका लागि शौचालय (Toilets for girls), पानी (Water) को व्यवस्था, बुक कर्नर (Book Corner) आदि मध्ये कुनै कार्य गरेको भए निर्माण वा पुनःनिर्माण गर्ने निकाय छुट्टिने गरी संख्या उल्लेख गर्नुहोस् ।
४.२२ विद्यालय खोलेको दिन (School Opening Days)
- गत शैक्षिक सत्रमा विद्यालय कति दिन खोल्ने योजना बनाइएको थियो, त्यो विवरणलाई Planned को Opening days मा राख्नुहोस् । यस्तै विवरण पठन पाठन (Teaching), परीक्षा (Exam), अतिरिक्त क्रियाकलाप (Extra-Curricular Activities), सार्वजनिक विदा (Public Holidays), चाडपर्व (Festivals) र अन्य (Other Activities) मा उल्लेख गर्नुहोस् । Actual Column मा वास्तविक रुपमा उल्लिखित कार्यका लागि विद्यालयले प्रयोग गरेका दिनहरु भर्नुहोस् ।
No comments:
Post a Comment