खण्ड ८ || प्रतिवेदन (Reports) -IEMIS

प्रतिवेदन (Reports)

विद्यालयहरूले आफ्नो एक्सेलबाट विद्यालयका लागि चाहिने तथ्यांकहरु आफै निकाल्न सक्नेछन् र त्यसका लागि माथि फोटोमा देखाए अनुरुप रिपोर्टसमा गई आफुलाई चाहिएको रिपोर्टसहरु हेर्न र प्रिन्ट गरेर राख्न सक्नुहुन्छ |

रिपोर्टसमा गएपश्चात शिक्षक, लेजर (स्कोर), लेजर (ग्रेड), विद्यार्थीको ग्रेडसीट, विद्यार्थीको रिपोर्ट, विद्यार्थीको रिपोर्ट (प्रतिशतमा), बाबिकेका विद्यार्थी विवरण र अन्य कक्षाको विद्यार्थी विवरण भन्ने रिपोर्टसहरु देखिन्छ |

८.१ शिक्षक (Teacher)

शिक्षकको विवरण हेर्नु परेमा सोही अनुसार साल सेलेक्ट गर्नुस र Generate गर्नुहोस । शिक्षक विवरण प्रिन्ट गर्न परेमा सो रिपोर्टलाई Select (ctrl+A) गरेर कपी (ctrl+c) गर्नुस र नया एक्सेलमा Paste (ctrl+p) गरिदिनुहोस l

८.२ लेजर (Ledger (Score), Ledger (Grade))

बिद्यालयले अंक प्रविष्ट पश्चात कक्षागत रुपमा विद्यार्थीको लेजर (अंक) र लेजर (ग्रेड) मा निकाल्न सकिन्छ l त्रैमासिक परीक्षाको विवरण हेर्ने हो भने दायाँ तिरको Term opt मा गएर Term छान्नुपर्छ र वार्षिक नतिजा हेर्ने भए अन्तमा रहेको TH/PR मा रेजा लगाइ Generate मा क्लिक गर्नुपर्छ l कक्षागत र विषयगत औषत सिकाइ उपलब्धि हेर्नका लागि Ledger Detail (Score) मा अन्तमा जानुपर्छ l

८.३ विद्यार्थीको ग्रेडसीट (Student Grade-sheet)

यो रिपोर्टबाट हरेक विद्यार्थीको ग्रेड सिट तयार गर्न सकिन्छ l त्रैमासिक परीक्षाको ग्रेडसीट निकाल्नु परे सोही अनुसार Term opt मा गई Term छानुपर्छ र Generate मा क्लिक गर्नुपर्छ l वार्षिक ग्रेडसिट तयार गर्ने भए TH/PR मा रेजा लगाइ Generate मा क्लिक गर्नुपर्छ l उक्त कक्षामा भएका केही विद्यार्थीको मात्र ग्रेडसिट हेर्ने भए By Range मा सोही अनुसार संख्या राख्नुपर्छ l मानौ, कुनै कक्षामा १२५ जना विद्यार्थी छन् र शुरुका २० जनाको मात्र ग्रेडसिट हेर्नु छ भने 1 to 20 लेख्नुपर्छ र Generate मा क्लिक गर्नुपर्छ l कुनै एक विद्यार्थीको मात्र ग्रेडशीट आवश्यक भएमा By Student मा गए पछि विद्यार्थीको नाम छनौट गरी Generate गर्न सक्नुहुन्छ l एक भन्दा बढी त्रैमासिक परिक्षाको ग्रेडसिट निकाल्नु परेमा Term opt मा गई एक भन्दा बढी Term छान्नुपर्छ l

ग्रेडसिटमा विद्यालयको लोगो राख्नका लागि ग्रेडसिटको दायाँ कुनामा रहेको <<Logo मा क्लिक गर्नुपर्छ र आफ्नो बिद्यालयको लोगो राख्न सक्नुहुन्छ l यो लोगो एक पटक रत्यस सिटमा भएका सबै विद्यार्थीका ग्रेडसिटमा देखिन्छ ।

८.४ विद्यार्थी रिपोर्ट (Student Report, Student Report %)

यो रिपोर्टबाट बिद्यालयको कक्षागत, जातिगत, लैंगिक तथा अपाङ्गता भएका विद्यार्थीहरूको नयाँ भर्ना, उत्तीर्ण हुने, कक्षा दोहोर्याउने, विद्यालय छाड्ने (Drop out), विद्यार्थीहरूको संख्यात्मक विवरण हेर्न सकिन्छ l यसलाई कपी गरेर नयाँ फायलमा राख्न र पेज सेटिङ मिलाएर प्रिन्ट गरी प्रमाणित गरेर विद्यालयको अभिलेखमा राख्नु राम्रो हुन्छ । यही विवरणलाई प्रतिशतमा हेर्नु परेमा Student Report % मा जानुपर्छ l

८.५ बाबिके विद्यार्थी विवरण (Student Details ECD/PPC)

यस रिपोर्टबाट कक्षा १ भन्दामुनिका बालविकास कक्षाका सबै विद्यार्थीको नामनामेसी सहितको विवरण निकाल्न सक्नुहुन्छ l

८.६ कक्षा १-१२ विद्यार्थी विवरण (Student Details)

यस रिपोर्टबाट कक्षा १ र सो भन्दा माथिका कक्षाहरुका सबै विद्यार्थीको नामनामेसी सहितको विवरण निकाल्न सकिन्छ l

No comments:

Post a Comment

Popular Posts