कर्मचारी (Staff)
कर्मचारीको रुपमा नियुक्ति लिएका जो कोहीको विवरणलाई एक्सेलमा भएको Staff मा भर्नुपर्छ | नियुक्ति कर्मचारीको लिएको छ तर सो कर्मचारीले बिद्यालयमा पढाउने गरेको छ भने तिनलाई कर्मचारीको रुपमा बुझ्नुपर्छ र सोही अनुसार विवरण भर्नुपर्छ l बिशेष गरी बालविकास केन्द्रमा भएका शिक्षक/सहजकर्तालाई कर्मचारीको रुपमा विवरण प्रविष्ट गर्ने गरेको पाईएको छ यो गर्नु हुँदैन बालविकास केन्द्रका शिक्षकहरुलाई शिक्षकहरुको महलमा समावेश गर्नुपर्दछ | यसर्थ, यदि यस्तो गरिएको छ भने त्यस्ता विवरण हटाउनु पर्छ र कर्मचारीको विवरण मात्र यो खण्डमा प्रविष्ट गर्नुपर्छ |
५.१ कर्मचारीको बिवरण प्रविष्ट गर्ने तरिका:
नयाँ कर्मचारीको विवरण प्रविष्ट गर्नुपरेमा Add button मा क्लिक गर्नुहोस् | हाल कार्यरत नभएको (अबकाश भइ) कर्मचारीको हकमा भने Delete भन्ने button क्लिक गरी विवरण हटाईदिनुहोस्। Edit वा add मा क्लिक गरी तल भनिए अनुसारको विवरण प्रविष्ट गर्नुहोस् |
व्यक्तिगत जानकारी
- Name भन्ने महलमा सम्बन्धित कर्मचारीको नाम राख्नुहोस्, Gender मा कर्मचारीको male/female/other मध्ये कुनै १ रोज्नुहोस् | Caste मा कुनै एक रोज्नुहोस् |
- Date of birth मा कर्मचारीको नागरिकता अनुसारको जन्ममिति राख्नुहोस् |
- नागरिकता नम्बर र नागरिकता जारी गरेको जिल्लाको नाम राख्नुहोस् |
- त्यसैगरी बुवा र आमाको नामलाई Father's Name र Mother's Name मा राख्नुहोस् |
- कर्मचारीको अपांगता केही भए सोको प्रकार र सम्पर्क नम्बर तथा इमेल उपर्युक्त महलमा भर्नुहोस् |
- कर्मचारीको तलबी खाता रहेको बैंकको नाम र खाता नम्बर उपर्युक्त महलमा भर्नुहोस् |
६. विविध (Miscellaneous)
यस Button मा देहाय अनुसार सूचनाहरु प्रविष्ट गर्नु पर्छ ।
बिद्यालयमा गठन भएको बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघलगायत अन्य बिवरणहरु भर्न भराउन एक्सेलमा भएको (Miscellaneous) भन्ने खण्डमा जानुपर्छ l यो खण्डमा गएपछि निम्न विवरणहरु देखिन्छन् र यी विवरणहरु सामुदायिक बिद्यालयले अनिवार्य रुपमा भर्नुपर्छ l
६.१ विद्यालय व्यावस्थापन समिति (SMC details)
- विद्यालय व्यवस्थापन समिति गठन भएको मिति, गठन प्रक्रिया (Elected/Selected), कुल सदस्य, महिला र पुरुष सदस्य संख्या भर्नुहोस् । त्यसै गरी दलित, जनजाती, ब्राह्मण/क्षेत्री र अन्य जातिको सदस्य संख्या भर्नुहोस् । चुनाबी प्रक्रियाबाट सदस्य छानिएको हो भने elected र सर्बसम्मत रुपमा छानिएको हो भने selected भनेर बुझ्नुहोस् l
६.२ विद्यार्थी अभिवावक संघ (PTA Details)
- विद्यार्थी अभिवावक संघ गठन भएको मिति, गठन प्रक्रिया (Elected/Selected), कुल सदस्य, महिला र पुरुष सदस्य संख्या भर्नुहोस् । त्यसै गरी दलित, जनजाती, ब्राह्मण/क्षेत्री र अन्य जातिको सदस्य संख्या भर्नुहोस् । चुनाबी प्रक्रियाबाट सदस्य छानिएको हो भने elected र सर्बसम्मत रुपमा छानिएको हो भने selected भनेर बुझ्नुपर्छ l
६.३ प्रारम्भिक बाल विकास (ECD/PPC Details)
- बिद्यालयमा आधारित बालविकास केन्द्र र सो बिद्यालयलाई मातृ बिद्यालय तोकी कुनै समुदायमा आधारित बालविकाश केन्द्र छ भने सो को संख्या School र Community based ECD Quota मा भर्नुहोस् । ECD/PPC को लागी मात्र भनेर छुट्याइएको कक्षाकोठा संख्या भर्नुहोस् । ECD/PPE को पुरा अर्थ Early Childhood Development/Pre-Primary Education हो ।
६.४ कक्षाकोठा (Room Details)
- Number of Classrooms not being used मा बिद्यालयमा भएका जम्मा कक्षाकोठा मध्ये हाल प्रयोगमा नआएको कक्षाकोठा संख्या भर्नुहोस् ।
- Wheel Chair प्राप्त विद्यार्थी संख्या भर्नुहोस् ।
- बिज्ञान प्रयोगशाला (Science Laboratory) छ भने Yes मा र छैन भने No मा रेजा लगाउनुहोस् ।
६.५ पाठ्यपुस्तक र शिक्षणअभ्यास (Textbook Details & Teaching Practice)
- कक्षा १ देखी कक्षा १२ मा रहेका विद्यार्थीहरूमध्ये पूर्ण रुपमा नयाँ पाठ्यपुस्तक प्राप्त गरेका विद्यार्थी संख्यालाई Full New Textbook मा, आंशिक रुपमा नयाँ पाठ्यपुस्तक प्राप्त गरेका विद्यार्थी संख्यालाई Partial New Textbook मा, पुरानो पाठ्यपुस्तक प्रयोग गरेका विद्यार्थी संख्यालाई Used Old Textbook मा र अङ्ग्रेजी पाठ्यपुस्तक प्राप्त गरेका विद्यार्थी संख्यालाई English Textbook मा लेख्नुहोस् ।
- रातो संकेत आए विद्यार्थी संख्या भन्दा पाठ्यपुस्तकको विविध शिर्षकमा विद्यार्थी संख्या बढी भयो भन्ने बुझ्नुहोस् |
- कक्षा १ देखी कक्षा १२ मा अपनाइएको शिक्षण विधि (Teaching Method) छान्नुहोस् l यसरी छान्दा एक शिक्षकले एउटै मात्र विषय पढाउने गरेको छ भने Subject Teaching छान्नुहोस् l एक शिक्षकले एउटा कक्षाका सबै विषय पढाउने गरेको छ भने Class Teaching छान्नुहोस् र एक भन्दा बढी कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखी अध्यापन गर्ने गराउने गरेको छ भने Multi-grade Teaching छान्नुहोस् |
- कक्षा १ देखी कक्षा १२ मा नेपाली भाषाबाहेक अन्य कुनै मातृभाषामा (Mother Tongue Practice) पठनपाठन गर्ने गरेको छ भने सो भाषा छान्नुहोस् l यसअलावा बिद्यालयले स्थानीय भाषाको माध्यमबाट पठनपाठन गर्ने गरेको छ भने सो भाषा Local Language मा राख्नुहोस् |
- दिवा खाजा सेवा (Mid Day Meal) छ भने Yes मा र छैन भने No मा रेजा लगाउनुहोस् ।
६.६ दिवा खाजा (Mid-day Meal)
दिवा खाजा उपलब्ध गराइएको छ भने Yes र छैन भने No मा रेजा लगाउनुहोस । Yes भने पछि दिवा खाजाको सम्बन्धमा देहाय अनुसार सूचनाहरु पनि प्रविष्ट गर्नुहोस:
Source of Mid-day Meal: दिवाखाजामा प्रयोग भएको खाद्यान्न सबै स्थानीयस्तरमा उत्पादित छ भने स्थानीय (Locally produced), सबै अन्यन्त्रबाट ल्याइएको छ भने आयातित (Imported) र केही स्थानीयस्तरमा उत्पादित र आयातित दुवै प्रयोग भएको भए दुबै (Used both) छनौट गर्नुहोस।
No. of days mid-day meal provided: गत शैक्षिक सत्रभरीमा कति दिन दिवा खाजा उपलब्ध गराइयो? सो दिन उल्लेख गर्नुहोस ।
- No. of student that had the meal: गत शैक्षिक सत्रभरीमा कतिजना विद्यार्थीले दिवाखाजा खाएँ (प्राप्त गरे) सो संख्या उल्लेख गर्नुहोस ।
- Menu used in midday meal: दिवा खाजाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको Menu प्रयोग भएको भए CEHRD, स्थानीय तहले तयार गरेको भए Local Level, विद्यालयले तयार गरेको भए School छान्नुहोस ।
- Mid-day meal management: दिवा खाजाको व्यवस्थापन क्यान्टिन मार्फत गरिएको छ भने Canteen, स्थानीयस्तरमा रहेका क्याटरिङ मार्फत गरिएको भए Catering, आमा समूह मार्फत गरिएको छ भने Mother’s Group, अभिभावक मार्फत गरिएको छ भने Parents, विद्यालयमा कार्यरत जनशक्ति मार्फत गरिएको छ भने School level human resources, स्थानीयस्तरमा क्रियाशील विभिन्न समुदायमा आधारित संस्था वा गैरसरकारी संस्था वा अन्य संस्था मार्फत गरिएको छ भने Other agencies र माथि उल्लिखित बाहेक अन्य माध्यमबाट दिवा खाजाको व्यवस्थापन गरिएको छ भने Other छान्नुहोस ।
No comments:
Post a Comment