विद्यार्थी (Student)
बिद्यालयले यस बटनमा हरेक बर्ष २ वटा कार्य गर्नुपर्छ l
पहिलो - अघिल्लो शैक्षिक सत्रका विद्यार्थी मध्ये यो बर्ष ती विद्यार्थीहरु कुन कुन कक्षामा छन् सो अद्यावधिक गर्नुपर्छ ।
दोस्रो - यो शैक्षिक सत्रमा भर्ना भएको नयाँ विद्यार्थीको विवरण प्रविष्ट गर्नुपर्छ l नयाँ स्थापना भएको बिद्यालयले पहिलो बर्ष सबै विद्यार्थीको विवरण प्रविष्ट गर्नुपर्छ l दोस्रो बर्ष देखि भने अघिल्लो बर्षको विद्यार्थीको विवरणलाई अध्यावधिक गर्ने र नयाँ भर्ना भएका विद्यार्थीको विवरण प्रविष्ट गर्दै जानुपर्छ l यसरी बिवरण अध्यावधिक र नयाँ विद्यार्थी प्रविष्ट गर्दा निम्न ४ वटा बुँदामा बिशेष ध्यान दिनुपर्छ l
- विद्यार्थी विवरण अध्यावधिक गर्दा जुन वर्षको विद्यार्थी अध्यावधिक गर्न लागेको हो त्यही बर्ष एक्सेलमा पनि सेट भएको हुनुपर्छ l उदाहरणको लागि २०७९ को विद्यार्थी अध्यावधिक गर्दा एक्सेलमा २०७८ भएको हुनुपर्छ l यदि छैन भने Set year क्लिक गरी सोही अनुसार बर्ष सेलेक्ट गर्नुपर्छ l
- नयाँ विद्यार्थीको विवरण राख्दा Set year क्लिक गरी हुनुपर्ने शैक्षिक सत्र छान्नुपर्छ र नयाँ विद्यार्थीको विवरण प्रविष्ट गर्नुपर्छ l
- विवरण अध्यावधिक गर्दा एक्सेलमा भएको Student Tracking भन्ने सिट (Sheet) लाई ८५ देखि १००% मा राखेको हुनुपर्छ l यदि छैन भने त्यो सिटमा भएको Scale (गोलो घेरा) को माध्यमबाट Student Tracking भन्ने सिटलाई ८५ देखि १००% मा मिलाउन सकिन्छ ।
- यति गरेपछि सबैभन्दा पहिले Subjects मा गएर कक्षागत रुपमा बिषयहरु मिलाउनुपर्छ l कुनै बिषय थप्नु परेमा Add new subjects गर्नुपर्छ l कुनै बिषय हटाउनुपरेमा Edit Subject मा गई बिषयको नाम, Full Mark र Pass Mark मेटिदिनुपर्छ l यति गरेपछि Grading मिलाउनको लागि कक्षागत रुपमा पहिलो बिषयमा भएको नेपालीमा Grading मिलाउनुपर्छ र अपडेटमा क्लिक गर्नुपर्छ l यसरी अपडेटमा क्लिक गरेपछि सो कक्षाको सबै बिषयमा Grading आफै मिलेर आउँदछ l बिषयहरु थप गर्दा १० वटा सम्म मात्र बिषय थप्न सकिन्छ l
२.१ विद्यार्थीको अंक प्रविष्ट गर्ने तरिका (Marks Entry)
हरेक बिद्यालयले अघिल्लो शैक्षिक सत्रको अंक IEMIS प्रविष्ट गर्नुपर्छ l यो विवरण नहुँदा बिद्यालय, स्थानीय तह, जिल्ला, प्रदेश र केन्द्रले शैक्षिक उपलब्धिसँग सम्बन्धित तथ्याँक प्राप्त गर्न नसक्ने हुँदा नीति तथा कार्यक्रम निर्माणमा समस्या पर्छ l यसकारण अंक भर्न सबैभन्दा पहिले Student मा Update मा जानुपर्छ, Marks मा जानुपर्छ र तल बुँदामा लेखेअनुरुप गर्नुपर्छ l
- अंक भर्दा जहिले पनि पुर्णाङ्कमा राख्नुपर्छ l कतिपय बिद्यालयहरुले १०, ३० र ६० पुर्णाङ्क राखेर अंक प्रविष्ट गरेको पाइन्छ जुन गर्नु हुँदैन ।
- बिद्यालयले त्रैमासिक (Term) मा परीक्षा सञ्चाल गरेको छ भने Term(theory) र Term(practical) मा गई अंक प्रविष्ट गर्नुपर्छ l
- बिद्यालयले अन्तिम अंक एकमुष्ट रुपमा राख्ने हो भने Term(theory/practical) मा गई theory र practical मा अंक प्रविष्ट गर्नुपर्छ ।
- एकचोटी विवरण प्रविष्ट गर्दा २५ जना विद्यार्थीको संख्या देखिन्छ l यो भन्दा बढी विद्यार्थी भएको बिद्यालयले २५ जना पछि फेरी अर्को लिष्ट निकाल्दै विवरण प्रविष्ट गर्दै अघि बढ्नुपर्छ l
- फोटोमा देखाए अनुरुप अन्तिम टर्मको अंक प्रविष्ट गरे पश्चात update term मा गई पहिलो, दोस्रो र तेस्रो टर्ममा पाठ्यक्रमले तोकेअनुरुप १०%, ३०% र ६०% सेट गर्नुपर्छ l यसो गरेपछि पहिलो टर्मबाट १० प्रतिशत, दोस्रो टर्मबाट ३० प्रतिशत र तेस्रो टर्मबाट ६० प्रतिशत अंक काटेर अन्तिम ग्रेडसिट निकाल्न सकिन्छ l
- स्थानीय तहले कक्षा ८, र राष्ट्रिय परीक्षा बोर्डले १० र १२ अन्तिम परीक्षा सञ्चालन गर्ने हुँदा यि कक्षा र प्रारम्भिक बालशिक्षाका विद्यार्थीको अंक प्रविष्ट गर्नुपर्दैन l
फोटोमा देखाए अनुरुप अपडेटमा गएर कक्षागत रुपमा विद्यार्थीले प्राप्त गरेको अंकहरु प्रविष्ट गर्नुपर्छ l यसरी अंक प्रविष्ट गर्दा जहिले पनि पूर्णाङ्कमा प्रविष्ट गर्नुपर्छ । यसरी अंक प्रविष्ट गरेपछि एक्सेलमा भएको रिपोर्टबाट विद्यार्थीगत ग्रेडसिट र कक्षागत लेजर निकाल्न सकिन्छ l
२.२ विद्यार्थीको छात्रवृत्तिको विवरण प्रविष्ट गर्ने तरिका (Scholarship Update)
हरेक बिद्यालयले विद्यार्थीको छात्रवृत्ति विवरण अध्यावधिक गर्दै जानुपर्छ l यो विवरण अध्यावधिक गर्न सबैभन्दा पहिले Student Button को Update मा जानुपर्छ । Update मा गइ सकेपछि Scholarship मा जानुपर्छ र अध्यावधिक गर्न खोजेको कक्षा सेलेक्ट गरेर छात्रवृत्तिसँग सम्बन्धित विवरण अध्यावधिक गर्नुपर्छ l
- सामुदायिक बिद्यालयले छात्रवृत्ति अध्यावधिक गर्दा दिएको शीर्षकलाई ध्यानमा राख्नुपर्छ l संस्थागत बिद्यालयले छात्रवृत्ति दिएको विद्यार्थीलाई Others मा रेजा लगाउनु पर्दछ l
एकचोटी विवरण अद्यावधिक गर्दा २५ जना विद्यार्थीको संख्या देखिन्छ l यो भन्दा बढी विद्यार्थी भएको बिद्यालयले २५ जना पछि फेरी अर्को लिस्ट निकाल्दै विवरण अद्यावधिक गर्दै अघि बढ्नुपर्छ l
Status
- शैक्षिक सत्रको शुरुमा कुनै विद्यार्थी विद्यालयमा भर्ना भयो तर विचमा उक्त विद्यार्थी विद्यालयमा अनुपस्थित भयो वा विद्यालयमा छैन भने
No comments:
Post a Comment