खण्ड ३ || शिक्षक (Teacher)-IEMIS

शिक्षक (Teacher)

सामुदायिक, संस्थागत र धार्मिक प्रकृतिका हरेक बिद्यालयले बिद्यालयमा भएका सबैखाले शिक्षकहरुको विवरण एक्सेलमा प्रविष्ट गर्नुपर्छ । यो विवरणसँग शिक्षक विद्यार्थी अनुपात जस्तो महत्त्वपूर्ण सूचक जोडिएको हुँदा शिक्षकको विवरण अत्यन्त जरुरी हुन्छ । कुनै बिद्यालयमा ५०० जना विद्यार्थी र ५ जना शिक्षक छ भने सो बिद्यालयको विद्यार्थी शिक्षक अनुपात १००:१ हुन्छ तर त्यो बिद्यालयले ५ जना शिक्षकको विवरण नभरी १ जना मात्र शिक्षकको विवरण भर्यो भने शिक्षक विद्यार्थी अनुपात ५००:१ हुन जान्छ । शैक्षिक सूचक अनुसार १००:१ र ५००:१ मा धेरै भिन्नता हुन्छ । अतः
  • सामुदायिक बिद्यालयमा कार्यरत स्थायी, अस्थायी, राहत, नीजि स्रोत आदि शिक्षकको विवरण एक्सेलमा प्रविष्ट गर्नुपर्छ । बालविकास केन्द्रमा नियुक्त भएका शिक्षकको विवरण पनि यसैमा प्रविष्ट गराउनुपर्छ ।
  • संस्थागत र धार्मिक प्रकृतिका हरेक खाले बिद्यालयले पनि बिद्यालयमा भएका सबै शिक्षकको विवरण प्रविष्ट गर्नुपर्छ ।
  • शिक्षकको विवरण प्रविष्ट गर्दा होस् वा अध्यावधिक गर्दा होस्, एक्सेलको अगाडि भएको बर्षलाई ध्यान दिनुपर्छ । २०७९ को विवरण अध्यावधिक गर्नुपर्ने तर २०७८ भनेर सेट भएको छ भने त्यो अध्यावधिक गरेको विवरण २०७९ मा देखिदैन ।

३.१ शिक्षक बिवरण प्रविष्ट गर्ने तरिका:


शिक्षकहरुको बिवरण अद्याबधिक गर्न सबै भन्दा पहिले personal details मा क्लिक गर्नुहोस् l जुन शिक्षकको बिवरण अध्यावधिक गर्नुपर्ने हो त्यसको दाँयापट्टि रहेको Edit option मा click गर्नुहोस् । हाल कार्यरत नभएको (सरुवा वा अबकाश भइ) शिक्षकको हकमा भने सो शिक्षकको Personal Details मा भएको Delete भन्ने button क्लिक गरी विवरण हटाईदिनुहोस् । यसरी delete गर्दा सो शिक्षकको पहिलेका बर्षहरुको विवरण हट्दैन । नयाँ शिक्षकको विवरण प्रविष्ट गर्नुपरेमा Add button मा क्लिक गर्नुहोस् । Edit वा add मा क्लिक गर्दा तल भनिए अनुसार विवरण प्रविष्ट गर्नुहोस् ।

३.१ व्यक्तिगत जानकारी (Personal Information)

  • Name भन्ने महलमा सम्बन्धित शिक्षकको नाम राख्नुहोस्, Gender मा शिक्षकको male/female/other मध्ये कुनै १ रोज्नुहोस् । Caste मा उपयुक्त कुनै एक विकल्प रोज्नुहोस् ।
  • Date of birth मा शिक्षकको नागरिकता अनुसारको जन्ममिति, शैक्षिक योग्यताका प्रमाण पत्र (Certificate) अनुसारको जन्ममिति र अन्य केही दस्ताबेज (सिटरोल……..) मा फरक भए सोही अनुसारको जन्ममिति राख्नुहोस् ! सबै दस्ताबेजमा एकै विवरण छ भने एकै जन्ममिति राख्नुहोस् l
  • नागरिकता नम्बर र नागरिकता जारी गरेको जिल्लाको नाम राख्नुहोस् ।
  • Address मा शिक्षकको स्थायी ठेगाना उल्लेख गर्नुहोस ।
  • Father's Name र Mother's Name मा बुवा र आमाको नामलाई राख्नुहोस् ।
  • Mother tongue मा शिक्षकको मातृभाषा राख्नुहोस ।
  • CIT Number मा नागरिक लगानी कोषको परिचयपत्र नम्बर राख्नुहोस ।
  • Contact Number मा मोवाइल नम्बर र Email मा शिक्षकको इमेल ठेगाना प्रविष्ट गर्नुहोस ।

Current Status details अन्तर्गत

  • Teacher type मा Teacher, Head Teacher, TVET Trainer, TVET Assistant Trainer मध्ये शिक्षक भए Teacher, प्रधानाध्यापक भए Head Teacher, प्राविधिक धार तर्फ अध्यापन गर्ने प्रशिक्षक भए TVET Trainer र प्राविधिक धार तर्फ अध्यापन गर्ने प्रशिक्षक भए TVET Assistant Trainer छनौट गर्नुहोस ।
  • Current Level मा हाल कार्यरत तह छनौट गरी राख्नुहोस ।
  • Position मा स्थायी भए Permanent, स्वीकृत दरबन्दीमा करार भए Temporary (Karar), कुनै स्थायी व्यक्तिको सट्टामा नियुक्ति भएको भए Leon, राहत शिक्षक अनुदान कोटामा भए Rahat, निजीस्रोतमा भए Private Source, संघीय सरकारबाट उपलब्ध गराइएको शिक्षण सहयोग अनुदान तलबभत्ता खाने गरी नियुक्त भएको भए FG Teaching Support Grant, प्रदेश सरकारबाट भए PG Teaching Support Grant र स्थानीय तहबाट भए LG Teaching Support Grant उल्लेख गर्नुहोस ।
  • त्यसैगरी स्वयंसेवकको रुपमा नियुक्त भएको भए Volunteer र आंशिक शिक्षकको रुपमा नियुक्त भएको भए Part time र बालविकास शिक्षक भए ECD Facilitator उल्लेख गर्नुहोस ।
  • Rank मा स्थायी शिक्षकको मात्र हाल कार्यरत श्रेणी (तृतीय वा द्वितीय वा प्रथम) छनौट गर्नुहोस ।
  • Appointed Subject मा आधारभूत तह (६-८) साविकको निम्न माध्यमिक तह, माध्यमिक तह (९-१०) र माध्यमिक तह (११-१२) साविकको उच्च माध्यमिक तहमा नियुक्ति हुँदाको विषय छनौट गर्नुहोस ।
  • Major Subjects मा सम्बन्धित तहको शिक्षकमा नियुक्त हुनका लागि निर्धारित न्युनतम योग्यता वा माथिल्लो योग्यता हासिल गर्दा अध्ययन गरेको मुख्य विषय छनौट गर्नुहोस ।
  • Teaching language मा शिक्षकले बिद्यालयमा पठनपाठन गराउदा प्रयोग गर्ने भाषा के हो त्यो राख्नुहोस ।
  • License No मा शिक्षकको अध्यापन अनुमतिपत्र नं उल्लेख गर्नुपर्छ l एक भन्दा बढी भए अन्तिम पटक लिएको अनुमतिपत्र नम्बर राख्नुहोस ।
  • Insurance No: यसमा सावधिक जीवन बिमा कोष नम्बर उल्लेख गर्नुपर्छ l यो विवरण स्थायी शिक्षकले मात्र राख्नुहोस ।
  • PF A/c No: यसमा शिक्षकको कर्मचारी संचयकोष परिचयपत्र नं उल्लेख गर्नुपर्छ l यो पनि स्थायी शिक्षकले मात्र राख्नुहोस ।
  • Sheet Roll No: स्थायी शिक्षकको संकेत नं (सिटरोल नं) उल्लेख गर्नुहोस ।
  • शिक्षकको तलबी खाता रहेको बैंकको नाम र खाता नम्बर सोही अनुसार उपर्युक्त महलमा भर्नुहोस l

३.२ शिक्षकको शैक्षिक योग्यता (Qualification)

  • शिक्षकले पूर्णरुपमा पढाई सकेको अन्तिम योग्यतालाई Qualification मा भर्नुहोस् ।
  • कहाँ अध्ययन गरेको हो सो बोर्डको नाम उल्लेख गर्नुहोस् l कुन बर्षमा पास गरेको हो सो बर्ष लेख्नुहोस् l कुन संकाय लिएर पढेको हो सो विवरण Faculty मा भर्नुहोस् l कुन श्रेणीमा उत्तीर्ण गरेको हो सो श्रेणी उल्लेख गर्नुहोस् l I.ED/B.ED वा M.ED गरेको हो भने सोही अनुसार रेजा लगाउनुहोस् ।
  • शिक्षकले अध्यापन गराउने कक्षाहरुलाई Teaching Class मा भर्नुहोस् l शिक्षकले अध्यापन गराउने बिषयहरुलाई Teaching Subject Details मा भर्नुहोस् ।

३.३ शिक्षकको नियुक्ति (Teaching History)

  • Appointment Date: शिक्षकको हालको नियुक्तिलाई राख्नुहोस् ।
  • Decision Date: नियुक्तिको निर्णय मिति राख्नुहोस । यदि नियुक्ति मितिमा नै निर्णय भएको हो भने सोही अनुसार निर्णय मिति राख्नुहोस् । कसैकसैको नियुक्ति मिति र निर्णय मिति फरक हुनसक्छ फरक छ भने नियुक्ति र निर्णय मितिलाई फरक फरक स्थानमा भर्नुहोस ।
  • Level: हाल कार्यरत तह, प्राथमिक वा निम्न माध्यमिक वा माध्यमिक वा उच्च माध्यमिक मध्ये हुन हो सोही अनुसार छनौट गर्नुहोस ।
  • Position: स्थायी भए Permanent, स्वीकृत दरबन्दीमा करार भए Temporary (Karar), कुनै स्थायी व्यक्तिको सट्टामा नियुक्ति भएको भए Leon, राहत शिक्षक अनुदान कोटामा भए Rahat, निजीस्रोतमा भए Private Source, संघीय सरकारबाट उपलब्ध गराइएको शिक्षण सहयोग अनुदान तलबभत्ता खाने गरी नियुक्त भएको भए FG Teaching Support Grant, प्रदेश सरकारबाट भए PG Teaching Support Grant र स्थानीय तहबाट भए LG Teaching Support Grant उल्लेख गर्नुहोस ।संस्थागत विद्यालयले विद्यालयमा कार्यरत सबै शिक्षकहरुको Private Source उल्लेख गर्नुहोस ।
  • District: नियुक्ति भएको जिल्ला छनौट गर्नुहोस ।

३.५ शिक्षकको तालिम (Training Information)

  • Year: तालिम सम्बन्धी विवरण भर्दा वा अद्यावधिक गर्दा तालिम लिएको बर्ष छनौट गर्नुहोस ।
  • Type: शिक्षकले लिएको तालिमको प्रकार छनौट गर्नुहोस ।
  • Subject: तालिम प्राप्त गरेको विषय उल्लेख गर्नुहोस ।
  • Duration: शिक्षकले प्राप्त गरेको तालिम घण्टामा भए In Hours र दिनमा भए In Days छनौट गर्नुहोस । त्यस पछिको फिल्डमा घण्टा वा दिन उल्लेख गर्नुहोस ।
  • एक भन्दा बढी तालिम छ भने सोही अनुसार save and add new गर्नुहोस् l विवरण भरिसकेपछि save and next/finish गर्नुहोस् ।

No comments:

Post a Comment

Popular Posts