उद्यम कहिले सिकाउने ?

घर घरमा ब्याचलर सकेका, डिग्री सकेका मान्छे छन् । तर, घरको खानेपानीको पाइपमा समस्या आउँछ । ब्याचलरधारीलाई बनाउन आउँदैन । फोन गर्‍यो बेलामा प्लम्बर आउँदैन । किनकी उसँग सीप छ, भ्याइनभ्याइ छ ।
घरको विद्युतमा समस्या पर्‍यो । डिग्रीधारीलाई बनाउन आउँदैन । फोन गर्‍यो बेलामा इलेक्ट्रिसियन आउँदैन । किनकी उसँग सीप छ । उसलाई भ्याइनभ्याइ छ । मिस्त्री काम गर्नेहरुको दैनिकी नियाल्नुहोस्, सास फेर्ने फुर्सद छैन । कार्पेन्टरको माग हेर्नुहोस्, जताततै छ । सीप र दक्षता भएकाहरु खाली हात बस्नुपरेको छैन ।


तर ब्याचलरधारी र डिग्रीधारी युवाशक्ति बेरोजगार छन् । दिनभर उनीहरुको काम नै काम खोज्ने हो । उनीहरुले आफ्नो शैक्षिक योग्यता अनुसार काम पाएका छैनन् । सरकारी जागिर सिमित छ । उता देशका उद्योगधन्दामा काम गर्ने मानिस नेपालमा पाइन्न । अधिकतम भारतबाट आउँछन् ।


यता बेरोजगारी नेपाली चाहिँ प्रमाणपत्र दराजमा थन्क्याएर खाडी उड्छ्न् । यो समस्या सबैलाई थाहा छ । नेतृत्व तहमा बसेकाले समाधानको उपाय निकाल्न ढिला भइसक्यो ।


कहिलेसम्म नेपाली, अङ्ग्रेजी, गणित, विज्ञान र सामाजिक मात्रै पढाएर बेरोजगार बनाउने ? सीप कहिले सिकाउने ? उद्यम कहिले सिकाउने ? देशलाई धनी बनाउने कृषि किन सबैतिर नसिकाउने ? शिक्षा
-साभार बाबुराम गुरु फेसबूक पेज

No comments:

Post a Comment

Popular Posts